चीनमा बढ्न थाले कोरोना भाइरसका सङ्क्रमित

चीनमा बढ्न थाले कोरोना भाइरसका सङ्क्रमित

चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।

चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या सोमबार मात्र तीन हजारभन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सोमबारको तथ्याङ्क अनुसार यहाँ तीन हजार २९७ जना कोरोना सङ्क्रमित देखिएका हुन् । तीमध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको बताइएको छ ।चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएकामध्ये तीन हजार ८४ जना साङ्घाइकै रहेका बताएको छ । यहाँ पछिल्लो समयमा साङ्घाइमा कोरोनाको सङ्क्रमण बढेको छ ।

त्यहाँ थप सङ्ख्यामा कोरोनाभाइरसका सङ्क्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ । सो कमिसनका अनुसार चीनभित्रै सङ्क्रमित भएका व्यक्ति भेटिएका हुन् । यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा सङ्क्रमित पाइएका हुन् । यी सहरहरुमध्ये सबैभन्दा बढी अहिले साङ्घाइमा भेटिएका छन् ।

चीनमा पछिल्लो समयमा सङ्क्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्