सिन्धुली । कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ७० पत्ता, नुर्फिन १२ एम्पुल र सिरिन्ज ३ पिस सहित १८/१८ वर्षीय २ जना किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ६६७३ नम्बरको हाईसलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरूलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो:फाईल