भारतमा कोरोना भाइरसबाट २४ घण्टामा दुई हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट २४ घण्टामा दुई हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना सङ्क्रमित भएका हुन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिनभन्दा ८२० जना बढी सङ्क्रमित देखिएको जनाएको छ । मङ्गलबार सार्वजनिक गरिएको विवरणमा एक हजार २४७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको उल्लेख थियो । भारतमा अहिले १२ हजार ३४० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५४७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

महामारी सुरु भएदेखि अहिलेसम्म कुल चार करोड २५ लाख १३ हजार २४८ जना सङ्क्रमणमुक्त भएका छन् । त्यसैगरी, कोरोनाका कारण अहिलेसम्म भारतमा पाँच लाख २२ हजार छ जनाको मृत्यु भएको छ । तीमध्ये ४० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्