अक्सिजन प्लान्ट विस्फोट हुँदा १ जनाको मृत्यु ,५ जना घाइते

<span class='c1'>अक्सिजन प्लान्ट विस्फोट हुँदा १</span> <span class='c2'>जनाको मृत्यु ,५ जना घाइते</span>

काठमाडौं । ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको छ ।

बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४५ वर्षीय भारतीय नागरिक बृजकुमार महतो रहेको र बाँकी ५ जना घाइतेमध्ये एक जनाकाे अवस्था गम्भीर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

घाइतेहरुको पाटन अस्पताल र बीएण्डबी अस्पतालमा उपचार भई रहेको शाहले जानकारी दिए । उक्त प्लान्टमा दुई दर्जनभन्दा बढी कामदार भए पनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले ठूलाे दुर्घटना नभएको र विस्फोटनले उद्योगमा क्षति पुगेको शाहले जानकारी दिए । अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । अहिले प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकलाई उद्धार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्