गण्डकी प्रदेशमा ४६ हजार १ सय ९१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

<span class='c1'>गण्डकी प्रदेशमा ४६ हजार १ सय</span> <span class='c2'>९१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै</span>

पोखरा । गण्डकी प्रदेशमा यस वर्षको एसइई परीक्षामा ४६ हजार १ सय ९१ विद्यार्थी सहभागी हुने भएका छन् ।

शुक्रबारदेखि सुरु हुने परीक्षाका लागि प्रदेशका ११ वटै जिल्लाका कूल एक हजार ३ सय ४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १ सय ५५, प्राविधिक धारतर्फ ८ सय १५ र ग्रेड वृद्धितर्फ २ सय २१ विद्यार्थी सहभागी बन्न लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले जानकारी दिए ।

परीक्षाका लागि मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा होम सेन्टर नपर्ने गरी २ सय २३ परीक्षा केन्द्र कायम गरिएको छ । प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लाका २ सय ९१ विद्यालयका १० हजार ६ सय २१ विद्यार्थी सहभागी बन्नेछन् । जिल्लाका १ सय १७ सामुदायिक, १ सय ५९ निजी र १५ वटा गुरुकुल तथा गुठी विद्यालयबाट एसइई परीक्षामा परीक्षार्थी सहभागी हुन लागेको जिल्ला शिक्षा समन्वय एकाइ कास्कीका प्रमुख नारायण सुवेदीले जानकारी दिए ।

त्यस्तै सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङका चार विद्यालयबाट ४३ परीक्षार्थी सहभागी बन्न लागेको निर्देशनालयले जनाएको छ । परीक्षा सञ्चालनका लागि २ सय २३ केन्द्राध्यक्ष, ३ सय १२ सहायक केन्द्राध्यक्ष, दुई हजार ३ सय ११ निरीक्षक, ४ सय ५८ परीक्षा सहायक, ९ सय २५ कार्यालय सहयोगी र करिब तीन हजार ३ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्देशनालयले परीक्षा सञ्चालनका लागि सबै जिल्लामा रकम र उत्तर पुस्तिका पठाइसकेको र जिल्लाले सम्बन्धित परीक्षा केन्द्रमा उत्तर पुस्तिका पठाइसकेको उनले जानकारी दिए । निर्देशनालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड (पनिका)बाट प्रश्नपत्र यसअघि नै सम्बन्धित जिल्लामा पठाइसकिएकामा जिल्लाले परीक्षा केन्द्र नजिकैका प्रहरी चौकीमा पु¥याइसकेको छ । परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन सबै जिल्लाका परीक्षा समन्वय समितिबाट सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकी निजहरुलाई अभिमुखीकरण गराइसकिएको जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा २०७८ माघ २४ मा पहिलो संशोधन भई हालसम्म परीक्षा नियन्त्रण कार्यालयबाट हुँदै आएको परीक्षार्थीको मार्क इन्ट्री र नतिजा तयारीको काम अबदेखि प्रदेश शिक्षा विकास निर्देशनालयबाट हुने व्यवस्था गरिएको छ । यसका लागि प्रदेश शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्