भारतमा दुई हजार पाँच समयभन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु

भारतमा दुई हजार पाँच समयभन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु

भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५ सय ४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ ।

अघिल्लो दिन भने दुई हजार ५९३ जना सङ्क्रमित भएका थिए । भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ जना सङ्क्रमित भएका छन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५ सय २२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ । नयाँ सङ्क्रमित मध्ये एक हजार ८३ जना दिल्ली प्रदेशका मात्रै छन् । यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको ५७.३७ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्