सोमबार दिउँसो ३ बजेसम्म देशभर २८ हजार उम्मेदवारी दर्ता

<span class='c1'>सोमबार दिउँसो ३ बजेसम्म देशभर</span> <span class='c2'>२८ हजार उम्मेदवारी दर्ता</span>

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता आज पनि जारी छ ।

स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार दिउँसो ३ बजेसम्म २८ हजार ८ सय ५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका/उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा १ हजार १ सय ७० र उपप्रमुख पदमा ६ सय ३१ उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, गाउँपालिकाको अध्यक्षको पदमा १ हजार ५०, उपाध्यक्ष पदमा ६ सय ६ र वडाअध्यक्ष पदमा ७ हजार ६ सय ६२ जनाले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी, महिला सदस्य पदमा ४ हजार ४ सय ३१, दलित महिला सदस्य पदमा ३ हजार ७ सय ७६ र सदस्य पदमा ९ हजार ४ सय ७९ जनाले उम्मेवादरी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्