सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५ सय ८५ जनाको उम्मेदवारी दर्ता

सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५ सय ८५ जनाको उम्मेदवारी दर्ता

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता आज पनि जारी छ ।

स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५ सय ८५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका/उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा १ हजार ३ सय ९५ र उपप्रमुख पदमा ७ सय ८४ उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, गाउँपालिकाको अध्यक्षको पदमा १ हजार ३ सय २६, उपाध्यक्ष पदमा ८ सय २२ र वडाअध्यक्ष पदमा ९ हजार ७ सय ९७ जनाले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी, महिला सदस्य पदमा ५ हजार ८ सय ४९, दलित महिला सदस्य पदमा ५ हजार ९५ र सदस्य पदमा १२ हजार ५ सय १७ जनाले उम्मेवादरी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

#OBElectionUpdates

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्