प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

विराटनगर । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ कायम गरेको छ । सोमबारको तुलनामा तोलामा ९ सय रुपैयाँले घटेको हो । सोमबार तोलाको १ लाख २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ९ सय ले घटेर तोलाको ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घ जनाएको छ ।
छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्