१ लाख ४४ हजार ४ सय १६ जना उम्मेदवारी दर्ता

१ लाख ४४ हजार ४ सय १६ जना उम्मेदवारी दर्ता

विराटनगर । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४४ हजार ४ सय १६ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन आयोगले मंगलबार बिहान १२:३० बजे अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३ सय ७५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै,अध्यक्ष पदमा ३ हजार ३ सय ३४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार ३ सय ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, वडा अध्यक्ष पदमा मात्र ३३ हजार ७ सय ९७ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा २४ हजार ७ सय ९२, दलित सदस्यमा २२ हजार ४ सय ४० र सदस्य पदमा सर्वाधिक ५२ हजार २ सय ४५ जनाको उम्मेवादरी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

#OBElectionUpdates

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्