काँग्रेस नेता कोइरालाद्वारा एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपिल

<span class='c1'>काँग्रेस नेता कोइरालाद्वारा एकता कायम गर्दै</span> <span class='c2'>चुनावी अभियानमा सहभागी हुन अपिल</span>

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भ्रातृ तथा शुभेच्छुक सङ्गठनमा आबद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपिल गर्नुभएको छ ।

डा. कोइरालाले आज विज्ञप्तिमार्फत यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सबै मिलेर कांग्रेसलाई विजयी बनाउने अभियानमा जुट्न आह्वान गर्नुभएको हो । निर्वाचनको सकारात्मक परिणामले प्रदेश र सङ्घीय निर्वाचनमा जितको आधार निर्माण गर्न सहज हुने उहाँले उल्लेख गर्नुभएको छ ।

काँग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताको सङ्ख्या अत्यधिक रहेको, अधिकांश योग्य र सक्षम रहेका भए पनि टिकट वितरण कार्य सहज नभएको उल्लेख गर्दै नेता कोइरालाले टिकट वितरणमा एउटा मापदण्ड बनाई अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेबारेमा आफूहरूले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरूपमा आवाज उठाएको बताउनुभएको छ ।

“काँग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरूलाई म विश्वस्त पार्न चाहन्छु । निःसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टि छातीभित्र राखी काँग्रेसको विजयी अभियानमा होमिनेछौँ । साथीहरुबाट पनि म यही अपेक्षा गर्दछु”, कोइरालाद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ । नेता कोेइरालाले टिकट वितरणलाई लिएर देखिएको असन्तुष्टि र आफ्नो पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुगेका कार्यकर्तालाई काँग्रेसको मूलप्रवाहमा फर्कनसमेत आग्रह गर्नुभएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्