जेठ १ देखि हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय

<span class='c1'>जेठ १ देखि हप्तामा दुई</span> <span class='c2'>दिन बिदा दिने सरकारकाे निर्णय</span>

विराटनगर । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यो बिदा परीक्षणका रूपमा रहने उहाँले बताउनुभयो । २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० बजे सम्म कार्यालय समय कायम गरेको मन्त्री कार्कीले बताउनुभयो ।

शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा सरकारले दिन लागेको हो ।’ नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषद्ले यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो । यस निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै यातायात जाम पनि कम हुने विश्वास सरकारको रहेको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्