म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिला एउटै पदमा चुनाव लड्दै

<span class='c1'>म्याग्दीको एक स्थानीय तहमा एकै वडाका</span> <span class='c2'>चार महिला एउटै पदमा चुनाव लड्दै</span>

म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएका छन्। बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिएका हुन् ।

उपप्रमुखमा मनोनयन दर्ता गराएका अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासी हुन् । बानियाँले नेपाली काँग्रेसबाट, शाहीले नेकपा (एमाले) बाट, लामिछानेले नेकपा (माओवादी केन्द्र) बाट र मुनाले नेकपा (एकीकृत समाजवादी)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

काँग्रेसबाट उम्मेदवार बनेकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुन् । वि.सं. २०५४ मा वडा नम्बर ९ अर्थुङ्गेको वडासदस्यमा निर्वाचन हुँदै राजनीति सुरु गरेकी उनी काँग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छन् । साथी संस्था, लायन्स क्लब, महिला स्वयंसेविका लगायतमा रहेर उनले सामाजिक अभियन्ताको रुपमा काम गरिसकेकी छन् ।

एमालेबाट उम्मेदवार बनेकी शाही पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष हुन् । गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत सङ्घसंस्थामा आबद्ध भई उनी सामाजिक कार्यमा क्रियाशील हुन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य हुन् । उनले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी हुन् । वि.सं २०६० देखि राजनीतिमा सक्रिय उनी हाल विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकी छन् । लामिछाने यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित भएकी थिइन् ।

एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हुन् । वि.सं २०४८ देखि राजनीतिमा सक्रिय उहाँ यसअघि एमालेको प्रदेश कमिटी सदस्य रहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्