नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रहको अनुसन्धान गर्ने

<span class='c1'>नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले</span> <span class='c2'>आकाशीय ग्रहको अनुसन्धान गर्ने</span>

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान सुरु गर्ने भएको छ ।

आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रह गतिका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलगायत सरोकार भएका निकायकाबीच छलफल सुरु गरेको छ । आकाशीय ग्रह गति र पात्रोमा राखिने समयको सिद्धान्त पत्ता लगाएर त्यसलाई क्रियात्मक रुप दिन लागिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

यसका लागि वेदशालाको स्थापना गर्न पनि मन्त्रालयसँग माग गरिएको उनले सुनाए । आकाशीय ग्रह र गणित एकै रथका दुई पाङ्ग्रा भएकाले अध्ययन अनुसन्धानका लागि वेदशाला अत्यावश्यक भएको समितिको भनाइ छ । आकाशमा जस्तो ग्रह गति छ गणितमा दुरुस्त उतार्न अनुसन्धानमा ढिलाइ भइसकेको छ । अनुसन्धानबाट गणितमा के सुधार गरिनुपर्छ भन्ने प्रष्ट हुने भएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्