भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रानी मार्गरेट द्वितियसँग भेटवार्ता

<span class='c1'>भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी</span> <span class='c2'>रानी मार्गरेट द्वितियसँग भेटवार्ता</span>

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितियसँग भेटवार्ता गर्नुभएको छ ।

युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गर्नुभएको हो । कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गर्नुभएको प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री मोदी रानी मार्गरेटले आयोजना गर्नुभएको रात्रीभोजमा समेत सहभागी हुनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री मोदीले राजपरिवारका अन्य सदस्यहरुसँग पनि भेटवार्ता गर्नुभएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले भेटवार्ताको महत्वपूर्ण अवसर दिएको र हार्दिकतापूर्वक स्वागत गरेको प्रति डेनमर्ककी रानी मार्गरेट द्वितिय र डेनमार्क सरकारप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। एक दिने डेनमर्क भ्रमणका क्रममा उहाँले अति व्यस्त कार्यतालिकाकाबीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफलहरु गर्नुभएको छ । उहाँले डेनमार्कका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ संभावनाहरुका बारेमा छलफल गर्नुभएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी क्षेत्रिय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उहाँले डेनमार्कमा छलफल गर्नुभएको छ । सोमबारदेखि तीन दिने युरोप भ्रमण सुरु गर्नुभएका मोदी भ्रमणको दोस्रो दिन डेनमार्क पुग्नुभएको हो ।

उहाँले भ्रमणको पहिलो दिन नै सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गर्नुभएको थियो । उहाँहरुका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल गर्नुभएको बताइएको छ ।

भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिनुभएको जानकारीअनुसार प्रधानमन्त्री मोदीले यस पटक युरोप भ्रमणका क्रममा उहाँले युक्रेनमाथी रुसको हमलाका बारेमा पनि धेरै जसोसँग छलफल गर्नु भएको छ । सोमबार जर्मनीबाट युरोप प्रवेश गर्नुभएका प्रधानमन्त्री मोदीले मङ्गलबार डेनमार्कको भ्रमण गर्नुभएको छ भने बुधबार फ्रान्सको भ्रमण गर्नुहुने भएको छ । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्