एक सिटी चालक, जसको धोको विराटनगर–६ को वडाअध्यक्ष

एक सिटी चालक, जसको धोको विराटनगर–६ को  वडाअध्यक्ष

विराटनगर । धुब्रकुमार विश्वकर्मा विराटनगर १ ह ५६८ नम्बरको विधुतिय सिटी रिक्सा चालक हुन् । उनको सिटी रिक्साको वरिपरी चुनाव प्रचारको सामाग्री टाँगिएका छन् । सिटी रिक्सा प्रायः विराटनगर महानगरपालीका वडा नम्बर ६ को हरेक गल्ली अनि सडकमा कुदिरहेको छ । अन्य दलहरुको जस्तो माईकिङ्गसहित जनमानसको माहौल छैन । सिटी रिक्सामा २ देखी ४ जनासम्म मात्र देख्न सकिन्छ । उनीहरुको त्यो सानो समुह विराटनगर ६ का टोलटोलमा गएर भोट मागिरहेका छन् । उम्मेदवार हुन् विराटनगर वडा नम्बर ६ का ६५ बर्षिय धुब्र कुमार विश्वकर्मा । उनी आफ्नै सिटी सफारी चढेर भोट माग्न व्यस्त रहेका हुन् ।

बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी वडा अध्यक्षमा विश्वकर्माले उमेदवारी दिएका छन् । उनको नारामा दलित तथा पिछडीएका बर्गका युवायुवतीलाई सिपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने अठोट छ । खास गरी विगतमा राजनीति बिग्रेकैले आफूजस्ता गरिब र विपन्नहरूले दुःख पाएपछि वडा अध्यक्षमा उमेदवारी दिएको उनी बताउछन् ।
जनप्रतिनिधि पद कमाइ खाने भाँडो मात्रै भयो हामी जस्तो तल्ल बर्गका मानिसको कुनै सुनवाई नै नभएपछि अहिले वडा अध्यक्षको लागी विहान बेलुका भोट माग्दै हिडिरहेको छु उनी भन्छन् । भोट माग्नको लागी आफ्नै श्रीमती छोरा र बुहारीले सगाउने गरेका छन् । धुव्रका २ छोरा बुहारी र एक छोरीसंगै उनीहरुको सानासाना नानीहरु छन् । विराटनगर महानगरपालिका–६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएसगै अहिले आफूले चुनाव जित्नेका ढुक्क देखिन्छन । म यसको टोलकोे अध्यक्ष समेत भएको थिए । मैले त्यो बेला हाम्रो समाजम धेरै नै राम्रा कामहरु गरेकोछु ।

उम्मेदवारी दिएपछि ध्रुवलाई अर्को एउटा कुराले चिन्तित बनाएको छ । चुनावमा उठेका उनका प्रतिस्पर्धी उम्मेदवार लाखौं रुपैयाँ खर्चेर भोट मागिरहेका छन्  । तर उनको चुनावको नाममा पाँच पैसा खर्चन सक्ने अवस्थामा छैन  । किनकि सम्पत्तिका नाममा उनको एक थान सिटी रिक्सा सहित विराटनगर–६ नगलुवावा टोलमा १० धुर जग्गा छ । ५६८ नम्बरको यो विद्युतीय रिक्सा पनि उनले २०७२ सालमा २ लाख ५५ हजार ऋण लिएर खरिद गरेका हुन । जसको कर्जा अझै डेढ लाख बाँकी रहेको उनी सुनाउछन् ।

चुनाव जिते भने पनि ध्रुवको ठूलो सपना छैन । वडा अध्यक्ष भए घुम्ने कुर्सी नबस्ने प्लाष्टिको कुर्सीमा बसेर जनताको सेवा गर्ने बताए । वडाध्यक्ष भएता पनि सिटी रिक्शा चलाउन भने नछोड्ने उनी बताउछन् । विहान १०–५ बेलुका सम्म जनताको काम गर्छु  । बिहान र साँझ रिक्सा चलाउँछु । टोलछिमेकीले राम्रैसाथ र सर्पोट गर्नुहुन्छ भन्ने ठुलो आशा लिएको छ । उनले अन्तमा भने मेरो प्रमुख नारा भने, ‘दलित तथा विपन्न वर्गका बेरोजगार युवायुवतीलाई सिपमुलक तालिम दिने, पिछडिएका बालबालिकालाई स्वास्थ्य तथा शिक्षा प्रदान गर्नेछु ।’उनी स्वतन्त्रबाट उमेदारी दिएका कारण उनको चुनाव चिन्ह भने चापा कल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्