पछिल्लो २४ घण्टामा मलेसियालमा दुई हजार बढी सङ्क्रमित

पछिल्लो २४ घण्टामा मलेसियालमा दुई हजार बढी सङ्क्रमित

मलेसियामा गएको २४ घण्टामा २ हजार जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् ।

अधिकारीहरुका अनुसार यहाँ गएको २४ घण्टामा दुई हजार १ सय ५३ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी, गएको २४ घण्टा यतामात्र यहाँका सङ्क्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिलेसम्म ३५ हजार ५ सय ८३ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको बताइएको छ । त्यसैगरी, यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढी सङ्क्रमित भएका पनि पाइएको छ । यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमितहरु रहेका बताइएको छ । तीमध्ये थोरै मात्र सङ्क्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्