चीनको राजधानी बेइजिङमा शून्य–कोभिड नीति

<span class='c1'>चीनको राजधानी बेइजिङमा</span> <span class='c2'>शून्य–कोभिड नीति</span>

चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन् ।

बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने त्रासमा रहेका बताइएको छ । हाल सांघाई शहरमा २ करोड ५० लाख व्यक्ति धेरै हप्तासम्म घरमा नै फसेका छन् । अझै पनि सांघाई शहरमा तालाबन्दी तीव्र भएको छ ।

पूर्वी पावरहाउस शहरले महामारी सुरु भएदेखि नै चीनको सबैभन्दा खराब प्रकोप विरूद्ध आफ्नो लडाई जितेको त्यहाँका अधिकारीहरुले बताएका छन् । बेइजिङले हालैका हप्ताहरुमा कोरोना सङ्क्रमणका सयौं व्यक्तिहरु भेटिएका छन् । सोमबार बेइजिङमा ४५ जना नयाँ कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यो अपेक्षाकृत सानो संख्या हो । तर प्रतिबन्धहरु हलचल गर्न पर्याप्त भएको बताइन्छ ।

चीनमा ओमिक्रोन भेरिएन्टको वृद्धि भएको असर सांघाई शहरमा अत्याधिक रुपमा परेको जनाइएको छ । यस शहरमा कोरोना सक्रमणको कारण पाँच सयभन्दा बढीको मृत्यु भएको आधिकारीक तथ्याङ्कले जानकारी दिएको छ । रासस / एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्