बुढीगंगामा मतगणना सुरु

बुढीगंगामा मतगणना सुरु

विराटनगर । बुढीगंगा गाउँपालिकामा मतगणना सुरु भएको छ ।

पहिला बुढीगंगा वार्ड नं. १ को मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले आवर विराटनगरलाई जानकारी दिए । पहिला बुढीगंगा वार्ड नं. १ बाट मतगणना सुरु भएको जानकारी आएको हो । वार्ड नं. १को मतगणनापछि क्रमश अन्य वार्डहरुको मतगणना हुने छ।

२८ हजार १ सय ५९ मतदाता रहेको पालिकामा ७८.८२ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले ७८.८२ प्रतिशत मात्रै मत खसेको जनाएको छ ।

बुढीगंगाको ३७ पदका लागि भएको निर्वाचनमा कुल २२ हजार १ सय ९५ जनाले मतदान गरेका हुन् । जसमध्ये पुरुष ११ हजार ६९ जना र महिला ११ हजार १ सय २६ जनाले मतदान गरेका छन् । बुढीगंगा वाड नम्बर १ मा ४३३३ जना मतदाता मध्ये ३२२९ खसेको मत, वडा २ मा ४५२० जना मतदाता मध्ये ३६६० खसेको मत , वाड ३ मा ४५८९ जना मतदाता मध्ये ३५२४ खसेको मत , वडा ४ मा ३३३७ जना मतदाता मध्ये २६७८ खसेको मत, वडा ५ मा ३५७५ जना मतदाता मध्ये २९६१ खसेको मत , वडा ६ मा ४०५६ जना मतदाता मध्ये ३२५२ खसेको मत , वडा ७ मा ३७४९ जना मतदाता मध्ये २८९१ मत खसेको हो।

तस्वीर : बुढीगंगा गाउँपालिकाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्