आगामी माघमा कोशी प्रदेशस्तरीय वादविवाद प्रतियोगिता हुदै

<span class='c1'>आगामी माघमा कोशी प्रदेशस्तरीय</span> <span class='c2'>वादविवाद प्रतियोगिता हुदै</span>

विराटनगर । चुडाकवि स्मृति प्रतिष्ठान, मोरङको आयोजनामा छैटौँ संस्करणको 'कोशी प्रदेशस्तरीय वादविवाद प्रतियोगिता-२०८३' सञ्चालन हुने भएको छ। स्वर्गीय चुडामणि न्यौपाने तथा कवितादेवी न्यौपानेको स्मृतिमा स्थापित प्रतिष्ठानले विगत पाँच संस्करणसम्म जिल्लास्तरमा सीमित राखेको यस प्रतियोगितालाई यस वर्षदेखि प्रदेशस्तरीय बनाइएको छ । आगामी २०८३ माघ १५ गते शुक्रबार बिहान १०:०० बजे स्मृति इङ्ग्लिस स्कुल प्रांगण, बूढीगंगा-३, मोरङमा हुने प्रतियोगिताको शीर्षक “सुशासनका लागि नैतिक शिक्षा कि कानुनको प्रभावकारी कार्यान्वयन?” तय गरिएको छ।


कोशी प्रदेशभरिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउने यस प्रतियोगितामा भाग लिन चाहने विद्यालयले रु. २,१००/- दर्ता शुल्कसहित २०८३ पौष ३० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। पहिले दर्ता हुने ५१ विद्यालयलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। गोलाप्रथाबाट छनोट भएको विषय (पक्ष वा विपक्ष) मा प्रत्येक विद्यालयका १ जना विद्यार्थीले ५ मिनेटभित्र आफ्नो तर्क प्रस्तुत गर्नुपर्नेछ।


प्रतियोगितामा पक्ष र विपक्ष दुवैतर्फ प्रथम हुनेलाई रु. ५१,०००, द्वितीय हुनेलाई रु. ३१,००० र तृतीय हुनेलाई रु. २१,००० नगद, ट्रफी, सिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ। इच्छुक विद्यालयले आधिकारिक लेटरप्याडमा विवरणसहित संस्थाको इमेल [email protected] वा ९८५२००४०३५ मा ह्वाट्सएपमार्फत आवेदन पठाउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्