इलामको देउमाईको मतगणनास्थलमा दुई राउन्ड हवाई फायर

इलामको देउमाईको मतगणनास्थलमा दुई राउन्ड हवाई फायर

इलाम । इलामको देउमाई नगरपालिकामा प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको छ ।

मतगणनाको विषयलाई लिएर विवाद हुँदा त्यहाँ अशान्त स्थिति सिर्जना भएको हो । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठले अहिले स्थिति नियन्त्रणमा रहेको र आफूसहित प्रजिअ सो स्थानमा जान लागेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्