भारतको एक घरमा आगलागी हुँदा २० जनाको मृत्यु, ४० जना घाइते

<span class='c1'>भारतको एक घरमा आगलागी हुँदा २०</span> <span class='c2'>जनाको मृत्यु, ४० जना घाइते</span>

भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।

भारतीय राजधानी नयाँदिल्लीको मुन्डका मेट्रो स्टेशनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको थियो । त्यस आगलागीमा परी अरु कम्तीमा पनि ४० जना जलेर घाइते भएका छन् । ती घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । भर्ना भएकाहरुको अवस्था कतिपयको गम्भीर रहेकाले यस दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या बढ्न सक्ने पनि अधिकारीहरुले जनाएका छन् ।सो भवन ठूलो थियो र यहाँ कैयौं कम्पनीका कार्यालय छन् । यो भवनको दोस्रो र तेस्रो तल्लाबाट मात्र २० ओटा शव फेला पारिएको छ भने अरुतिर खोजी कार्य हुँदैछ ।

यहाँ कम्तीमा पनि २४ वटा अग्निनियन्त्रक परिचालन गरिएको छ । ठूलो भवन र धेरै नागरिकहरु त्यहाँ रहेकाले यस आगलागीबाट ठूलो क्षति पुग्नसक्ने बताइएको छ ।यो आगलागीको कारण भने पत्ता लागेको छैन । विद्युत सर्ट भएकाले आगो लागेको हुनसक्ने प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । तर यसको कारणका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ । भारतका राष्ट्रपति रामनाथ कोभिन्दले सो आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्