मोरङको उर्लाबारीमा नेकपा एमालेको अग्रता : ११०२ मत गन्दा प्रमुखमा ४२५, उपप्रमुखमा ४४३

मोरङको उर्लाबारीमा नेकपा एमालेको अग्रता : ११०२ मत गन्दा प्रमुखमा ४२५, उपप्रमुखमा ४४३

विराटनगर । स्थानीय तहका जनप्रतिनिधी निर्वाचित गर्नका लागि भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार मोरङको उर्लाबारीमा नेकपा एमालेले अग्रता लिएको छ ।

दिउँसो ४ बजेको प्राप्त परिणाम अनुसार १ हजार १०२ मत गणना गर्दा उर्लाबारीको प्रमुखमा नेकपा एमालेले ४२५ मत प्राप्त गरि अग्रता हाँसिल गरेको हो । उर्लाबारीमा नेपाली कांग्रेसले २८७, नेकपा (एकीकृत समाजवादी) ले १७०, राप्रपाले ४४ र मंगोल नेशनल अर्गनाईजेशनले २३ र स्वतन्त्र उम्मेदवारले २ मत प्राप्त गरेको छ ।

यस्तै उर्लाबारीको उपप्रमुखमा पनि नेकपा एमालेले ४४३ मत प्राप्त गरी अग्रता लिएको छ । एमालेपछि नेपाली कांग्रेसले २६५, नेकपा माओवादीले ९१, राप्रपाले ५७, मंगोल नेशनल अर्गनाईजेशनले ३२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १२ र स्वतन्त्रले २ मत प्राप्त गरेको छ ।

शुक्रबार भएको मतदानमा उर्लाबारीमा कुल २९ हजार २३५ मत खसेको थियो । जम्मा मतदानहरु मध्ये ६६.०३ प्रतिशतले मतदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्