मोरङको जहदामा कांग्रेस अगाडि : १ हजार ३८६ मत गन्दा कांग्रेसलाई ५०२

मोरङको जहदामा कांग्रेस अगाडि : १ हजार ३८६ मत गन्दा कांग्रेसलाई ५०२

विराटनगर । स्थानीय तहका जनप्रतिनिधी निर्र्वाचित गर्नका लागि भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार मोरङको जहदामा नेपाली कांग्रेस अग्रता लिएको छ ।

दिउँसो ४ बजेको प्राप्त परिणाम अनुसार १ हजार ३८६ मत गणना गर्दा जहदा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले ५०२ मत प्राप्त गरेको हो । कांग्रेसपछि नेकपा एमालेले १७५, नेकपा माओवादीले २१९, जसपाले २१० र स्वतन्त्रले उम्मेदवारले ३० मत प्राप्त गरेको छ ।

यस्तै, जहदाको उपाध्यक्षमा पनि कांग्रेस नै अगाडि देखिएको छ । कांग्रेसले ४६० मत प्राप्त गरेको छ । कांग्रेसपछि नेकपा एमालेले १८८, माओवादीले १९७, जसपाले १५५ र स्वतन्त्रले ८२ मत प्राप्त गरेको छ ।

शुक्रबार भएको मतदानमा जहदामा कुल २१ हजार १८८ मत खसेको थियो । कुल मतदानहरु मध्ये ८२.४० प्रतिशतले मतदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्