मोरङको रङ्गेली–७ स्थित जनता क्याम्पसको मतगणना स्थगन

मोरङको रङ्गेली–७ स्थित जनता क्याम्पसको मतगणना स्थगन

विराटनगर । मोरङको रङ्गेली नगरपालिका वडा नं. ७ स्थित जनता क्याम्पसमा जारी मतगणना रोकिएको छ ।

नेपाली काँग्रेसबाट वडा नं. ८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका योग्य कुमार दोर्जेको विवादका कारण मतगणना रोकिएको हो । मतदान स्थलमा राखिएको मतपेटिका सुरक्षित नभएको भन्दै उनले होहल्ला र विवाद गरेपछि मतगणना कार्य रोकिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार मतदान स्थलमा राखिएको मतपेटिका पहिलादेखि नै खुल्ला रहेको भन्दै वडाध्यक्ष उम्मेदवार दोर्जेले मतगणना रोकेका हुन् ।

रङ्गेली वडा नं. ७ मा बिहानदेखि मतगणना जारी रहेको थियो । हाल अवस्था असामान्य बनेपछि मतगणना स्थलमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्