विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले अग्रता फराकिलो पार्दै लगेका छन् ।

अहिलेसम्म गणना भएको ६ वडाको ३१०० मतमा कांग्रेसका कोइरालाले १०३८ मत प्राप्त गरेका छ्न् । यस्तै नेकपा एमालेका उम्मेदवार सागर थापाले ७७४ मत पाएका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवको मत २७७ छ ।

महानगरको उपमेयरमा भने एमालेकी शिल्पा निराला कार्कीले ८५३ मतसहित अग्रता कायम गरेकी छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवले ५४४ मत प्राप्त गरेका छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेको मत १६८ छ ।

१ लाख ३३ हजार १४२ कुल मतदाता रहेको विराटनगरमा ८९ हजार ७८९ मत खसेको थियो । अहिले विराटनगरका १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना भइहरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्