जापानमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन हुने

जापानमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन हुने

नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भर्चुअल उपस्थितिमा आज आयोजित सो विद्यालयको १० औँ अभिभावक दिवसका अवसरमा उक्त जानकारी दिइएको हो । मन्त्री पौडेलले जापानमा रहेका नेपालीहरुले अन्य क्षेत्रका साथै शिक्षा क्षेत्रमा पनि योगदान गर्दै आएकामा प्रशंसा गरे । उनले एभरेष्ट स्कुलले विदेशमा रहेर नेपालको शिक्षा क्षेत्रमा थप योगदान दिई नेपाली विद्यार्थीका लागि थप सेवा दिन सकोस् भनी कामना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्