विराटनगर । बुढीगंगा गाउँपालिकाको नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् ।
उनले १६ सय २२ र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले १४ सय ४९ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इश्वरी प्रसाद आचार्यले ३ सय २५ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अमृता कुमारी गच्छदारले १५ सय ४० र एमालेका उम्मेदवार तुलसा कुमारी कुवंरले १३ सय ७६ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का उम्मेदवार माधव काजी घिमिरेले ३ सय १३ मत पाएका छन् ।