विराटनगर । इलामको रोङ गाउँपालिका- १ मा कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् ।
एमालेबाट उम्मेदवार मनोज खड्कालाई १ सय २२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६ सय १० मत पाउँदा मनोजले ४ सय ८८ मत प्राप्त गरेका छन् । एमालेबाट उम्मेदवार बनेका मनोज र कांग्रेसकाबाट उम्मेदवार बनेका मनोहरि दाजुभाइ हुन् ।
अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसले हात पारेको छ । वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।
त्यसैगरी वडा नम्बर १ को मत गणना सकिदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवास तामाङले २१३ मतको अग्रता बनाएका छन् । एमालेको मेहरमान तामाङले ४ सय ८४ मत ल्याउदा नेपाली कांग्रेसका सुवास तामाङले ६ सय ९७ मत पाएका हुन् ।