झापाको हल्दिबारीमा राप्रपाकाे वडाध्यक्षसहित पुरै प्यानल विजयी

झापाको हल्दिबारीमा राप्रपाकाे वडाध्यक्षसहित पुरै प्यानल विजयी

दमक । झापाको हल्दिबारी गाँउपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडामा पहिलो पटक विजयी हासिल गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा हल्दिबारी-१ मा वडाध्यक्षसहित पुरै प्यानल राप्रपाले नै जितेको छ ।

निवर्तमान वडाध्यक्ष समेत रहेका एमालेका त्रिलोचन सापकोटालाई उछिन्दै राप्रपाका देवीबहादुर थापा प्यानलसहित वडाध्यक्ष विजयी बनेका हुन् । वडा सदस्यमा प्रकाश कार्की, कुलबहादुर राई, महिला सदस्यमा शान्ता खतिवडा शिवाकोटी र र दलित महिला सदस्यमा रुपादेवी रसाइली विजयी भएका छन् ।

हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाकै रविन्द्र लिङ्देनको फराकिलो अग्रता रहेको छ । उक्त गाँउपालिकामा यसभन्दा अघिको निर्वाचनमा समेत राप्रपाले नै अध्यक्ष जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्