विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् ।
उनले ४ हजार १ सय ७ र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले ३ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आचार्यले ९ सय ७३ मत पाएका छन् । भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मातृका पौडेलले ३ सय ९४ मत प्राप्त गरेका छन्
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अमृता कुमारी गच्छदारले ३ हजार ८ सय ५४ र एमालेका उम्मेदवार तुलसा कुमारी कुवंरले ३ हजार ५ सय ४ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का उम्मेदवार माधव काजी घिमिरेले ६ सय २१ मत पाएका छन् ।
बुढीगंगामा २८ हजार १ सय ५९ मतदाता मध्ये २२ हजार १ सय ९५ मत खसेको थियो ।