मिक्लाजुङको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी

मिक्लाजुङको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी

विराटनगर । मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकाका उम्मेदवार ४३ वर्षिय बवी कुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मत परिणाम अनुसार राईले अध्यक्षमा ८ हजार २ सय ५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६ सय २६ मत ल्याएर विजयी भएका हुन् ।

अघिल्लो स्थानिय तहको निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यस पटक भने गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालले मिक्लाजुङ आफ्नो गढको रूपमा लिने गरेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा पराजित भएका छन् । एमालेका उम्मेदवार नरेन्द्र प्रसाद ढुङ्गेल अध्यक्षमा पराजित भए ।

एमालेका ढुङ्गेलले ४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेकी निर्मला राईले ५ हजार ४ सय ५५ मत ल्याएर पराजित भइन् । उक्त पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा फरक पार्टीका पुरुष उम्मेदवार विजयी भएका हुन् । मिक्लाजुङका गाउँपालिकाको ९ वडामा कांग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले २/२ वडा जितेको छ ।

मिक्लाजुङ्ग-१ मा कांग्रेसका पर्वत राईले ९ सय २१, २ मा कांग्रेसका बलबहादुर श्रेष्ठले ६ सय ६ मत, ३ मा एमालेका सन्तोष कुमार मगरले ८ सय ९८ मत, ४ मा कांग्रेसका विशाल राईले ९ सय ८ मत, ५ मा मेघनाथ तामाङले ३ सय ८१ मत, ६ मा कांग्रेसका खडीबहादुर मगरले १ हजार १ सय २२ मत, ७ मा एमालेका सुशिलराज चौहानले ८ सय ७१ मत, ८ मा माओवादीका पूर्ण बहादुर कुवरले ८ सय मत र ९ मा कांग्रेसका सेमन्त राज दाहालले ६ सय ३४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्