विद्यार्थी भर्ना अभियान चलिरहँदा विराटनगरको आदर्श विद्यालय मतगणनास्थल

विद्यार्थी भर्ना अभियान चलिरहँदा विराटनगरको आदर्श विद्यालय मतगणनास्थल

विराटनगर । विद्यालय परिसरलाई मतगणनास्थल बनाउँदा विराटनगरको आदर्श माध्यमिकको भर्ना अभियान नै प्रभावित भएको छ । बैशाख २१ गतेदेखि भर्ना अभियानसँगसँगै विद्यालय सञ्चालनको सुरु भई सकेको छ ।

तर, आदर्श विद्यालयमा बिहीबार यता विद्यार्थीले प्रवेश पाएका छैनन् । भर्ना हुन आउने विद्यार्थीकाअभियान समेत भित्र गएर पढाईका बारेमा बुझ्ने र विद्यार्थीको नाम लेखाउन पाउने अवस्था नभएको हो । आदर्श विद्यालयका प्राचार्य सन्तोष पोखरेलले मतगणनास्थलको विकल्प सोचिनु पर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा गुनासो पोख्नु भएको छ । सुस्त गणनाका कारण विद्यालयको पठनपाठनमा अवरोध भएको गुनासो प्राचार्य पोखरेलको छ ।

बिहीबार शुक्रबारको निर्वाचन तयार, शुक्रबार निर्वाचन र शनिबार यता आदर्शमा मतगणना भईरहेको छ । विराटनगरमा ८९ हजार ६७८ मत खसेको छ । शनिबारयता २५ हजार मतमात्रै गनिसकिएको छ । सोमबारसम्म ६ वटा कोठामा मतगणना भईरहेको थियो । अहिले नौ वटा कोठामा मतगणना भईरहेको छ । विद्यालय परिसरमा प्रवेश गर्न सर्वसाधारणले पाउँदैनन् । भर्ना हुने विद्यार्थी वा अभिभावकले प्रवेश पाउने आसै नगरेको हुन्छ । विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख दुर्गा प्रसाद खतिवडाले मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग मतगणनास्थलको विकल्प सोचिदिन माग गरिएको जानकारी दिएका छन् ।

तर, अन्य स्थानमाआवश्यक पर्ने र व्यवस्थित र सुरक्षित संरचना नभएको भन्दै विद्यालयमै मतगणनास्थल बनाइएको छ । केहिदिनमै विकल्प दिनसक्ने बताउनु भएको थियो, तर अहिलेसम्म केहि जवाफ आएको छैन, खतिवडाले भने-अबअर्को पटकदेखि विद्यालयमा मतगणना गर्नु हुन्न भन्ने दवाव जरुरी भई सक्यो । आदर्श बाहेकका सरकारी विद्यालयहरुले समेत पढाई सञ्चालन गरेका छैनन् तर भर्ना अभियान चलाई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्