दुई पत्रकार पालिका उपाध्यक्षमा विजयी

दुई पत्रकार पालिका उपाध्यक्षमा विजयी

विराटनगर । पत्रकारिता छाडेर राजनीतिमा सक्रिय भएका प्रदेश १ का दुई महिला पत्रकार गाउँपालिका उपाध्यक्षमा विजयी भएका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेकी शान्ता आङबुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा विजयी भएकी छन् । उनले २ हजार ८ सय १९ मत प्राप्त गरी नेकपा माओवादी केन्द्र प्रजिन हाङवाङलाई हराएकी हुन् । हाङवाङले २ हजार ४ सय १४ मत ल्याएका थिए ।

गाउँपालिकाको अध्यक्षमा एमालेकै दिपेन्द्र पोमु विजयी भएका छन् । पोमुले ३ हजार ३६ मत प्राप्त गर्दा काँग्रेसका विश्वनाथ सिटौलाले २ हजार ५ सय २६ मत पाएका छन् ।

त्यसैगरी पत्रकार महासंघ सोलुखुम्बु शाखाको उपाध्यक्षबाट रहेकी विना राई नेचा सल्यान गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । काँग्रेसबाट उम्मेदवार बनेकी उनले २ हजार ९ सय ६ मत ल्याएर जित दर्ता गर्दा प्रतिष्पर्धी एमालेकी सिर्जना राईले १ हजार ७ सय १८ मत ल्याईन् ।

उक्त गाउँपालिका अध्यक्षमा काँग्रेसका धनजन राई २ हजार ५ सय ७९ मतसहित विजयी भएका छन् । राईका प्रतिष्पर्धी एमालेका डुफकुमार बाँस्तोलाले २ हजार ३ सय १३ मत प्राप्त गरेका छन् । दुवै महिला पत्रकारहरुले उम्मेदवार बन्नुअघि पत्रकार महासंघको जिम्मेवारीबाट राजिनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्