विराटनगरको आर्या न्यूरोद्वारा नवजात शिशुको सफल शल्यक्रिया

विराटनगरको आर्या न्यूरोद्वारा नवजात शिशुको सफल शल्यक्रिया

विराटनगर । विराटनगर-३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले एकपछि अर्को जटिल शल्यक्रिया गरि विरामीलाई नयाँ जीवन दिन सफल भएको छ ।

छोटो समयमा भरपर्दो उपचार गरि विरामीको मन जित्दै अगाडी बढेको अस्पतालले पाँच दिनको नवजात शिशुको जटिल शल्यक्रिया गरेको छ । धनुषाको भरतपुर नगरपालिका-३ घर भएकी नितु साहले जनकपुर अस्पतालमा १७ चैतमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । शल्यक्रिया गरि उनले छोरालाई जन्म दिइन् । जन्मजात शिशुको मेरूदण्डमा गाढो मेडिकल भाषामा ‘माइलोमेनिङगोसिल’ डिफेक्ट देखियो । जनकपुर अस्पतालमा उपचार सम्भवन नहुने भएपछि त्यहाँका चिकित्सकले काठमाडौं रेफर गरिदयो । ‘काठमाडौंको अस्पतालमा बढी खर्चिलो र उपचार पनि ढिलो भएपछि छोराको ढाडमा देखिएको रोगको उपचार विराटनगरमा सस्तो र राम्रोमा उपचार हुने जानकारी पाएपछि आर्या न्यूरो अस्पताल आएका थियौं,’ आमा नितुले भनिन, ‘छोरा जन्मिएको पाँच दिन अर्थात चैत २४ गते सफल शल्यक्रिया गरिएको थियोे । अहिले छोरालाई राम्रो भएको छ ।’

छोराको डिस्चार्जपछि आइतबार अस्पतालमा फलोअपमा आउँदा नितु निक्कै हर्षित मुद्रामा देखिन्थे । ‘अप्रेशनपछि अहिले छोरालाई राम्रो भएको छ ,’ छोराको फलोअपमा आएका उनले भनिन्, ‘छोरालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पुर्‍याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बाबुलाई बचाउनुभएको छ ।’

जन्मजात मेरुदण्डमा डिफेक्ट देखिएको नवजात शिशुको उपचार अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालसहित नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. सुमित घिमिरे, एनेस्थेसिया डा. सुमल थापासहितको टिमले न्यूरो सर्जरी गरेका थिए । ‘आमाले गर्भवतीको समयमा फोलिक एसिट नखादा नवजात शिशुको मेरुदण्डमा त्रुटि भएर जन्म हुने गर्दछ । यस्तो समस्या देखिएको नवजात शिशुको चाँडै शल्यक्रिया गरिए इनफेक्सन र खेर जान लागेको नशालाई चाँडै बचाउन सकिन्छ,’ वरिष्ठ न्यूरो सर्जन डा. नेपालले भने, ‘मेरुदण्डमा डिफेक्ट देखिदा चाँडै अस्पताल गएर चिकित्सकसँग परामर्श लिएर उपचार गरिनुपर्ने हुन्छ ।’

आर्या न्यूरोमा एकपछि अर्को गर्दै विरामीलाई गुणस्तरीय स्वाथ्य सेवा दिन सफल भएका कारण दिनप्रतिदिन यस अस्पतालमा सेवा लिन आउने विरामीको संख्या बढदै गएको अस्पतालका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाईसकेको अवस्थामा आर्यान्यूरोले सफल उपचार गरेर विरामीको विश्वास जित्ने गरेको उनको भनाई छ ।

एक हप्ता अगाडी मात्र यस अस्पतालले १८ महिने बालक कृष्ण कुमारको मस्तिष्क बाहिर निस्किएर छतबिछत भएको सफल उपचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्