अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी चार जनाको मृत्यु, दुई घाइते

अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी चार जनाको मृत्यु, दुई घाइते

अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले मङ्गलबार जानकारी दिएका छन् ।

सोमबार साँझ यवन जिल्लाको शोलार–ए–पायन गाउँमा भएको प्राकृतिक प्रकोपमा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको अधिकारीले बताए । स्थानीय अधिकारीहरूले पीडित परिवारलाई मानवीय सहायता पठाउने प्रयास गरिरहेको अकबरीले बताएका छन् ।

यसैबीच स्थानीयवासीले घटनाबाट तीन परिवार प्रभावित भएको र मृतकको संख्या रिपोर्ट गरिएभन्दा बढी हुन सक्ने बताएका छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्