विराटनगरमा मोटरसाइकल ‘चोरी व्यापार’ गर्ने गिरोह पक्राउ, खरिदकर्ता समेत समातिए

विराटनगरमा मोटरसाइकल ‘चोरी व्यापार’ गर्ने गिरोह पक्राउ, खरिदकर्ता समेत समातिए

विराटनगर । विराटनरका सडक, अस्पताल तथा सार्वजानिक स्थानमा पार्किङ गरेर राखिएका मोटरसाइकल चोरी गरेर बिक्री गर्ने एउटा समूहलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । सर्वसाधारणको धेरै गुनासो आएपछि प्रहरीले विशेष टोलि परिचालन गरेर चोरी गरिएका मोटरसाइकल खरिद गर्दै आएका व्यक्तिलाई समेत नियन्त्रणमा लिन सफल भएको हो ।

पछिल्लो समय विराटनगर–४ स्थित नोबेल अस्पताल, वडा नम्बर ५ को तोदी भवन लगायतका विभिन्न स्थानबाट चोरी गरिएका सात मोटरसाइकलसहित संलग्न पाँचजना र खरिदकर्ता दुईजनालाई पक्राउ गरेर मंगलबार सार्वजानिक गरिएको छ । चोरी व्यापार गर्नेहरुको समूहलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको छ । उनीहरु विरुद्ध चोरी कसुरमा म्याद थप गरि अनुसन्धान भईरहेको छ ।
चोरीमा संलग्नमध्ये मोरङको जहदा गाउँपालिका–१ बुधनगरका २० वर्षीय हरिओम मण्डल, २० वर्षीय पन्नालाल राजबंशी, १८ वर्षीय विशाल राजबंशी, कटहरी गाउँपालिका–२ का २४ वर्षीय मनिष बस्नेत र विराटनगर–३ राजबंशी टोलका २२ वर्षीय प्रकाश राजबंशीलाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो ।

यसैगरी चोरीमा संलग्न यो समूहबाट मोटरसाइकल खरिद गर्ने धनकुटा साँगुरीगढी–९ का ३२ वर्षीय थामबहादुर राई र ३५ वर्षीय मनकाजी राई समेत पक्राउ परेका छन् ।
चोरी गर्ने गिरोहले विराटनगरसहित आसपासका क्षेत्रमा मोटरसाइकल चोरी गरेर भारत वा पहाडी क्षेत्रमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीका प्रहरी  उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । बारम्बार सर्वसाधारणको गुनासो आएपछि अनुसन्धानका लागि छुट्टै टोलि परिचालन गरेर चोरीमा संलग्न र खरिदमा संलग्न दुवै समूहलाई पक्राउ गर्न सफल भएका हौं, प्रहरी उपरीक्षक कोइरालाले भन्नुभयो–चोरीमा संलग्नहरु पटक–पटक दोहोरिने पनि छन् ।

प्रहरीले सात वटा बाइक समेत बरामद गरेको छ । बजाज कम्पनीको २२० सिसीको प्र–१–०२–०४६ प ६४०, १२५ सिसीको प्र–१–०२–०४७ प ३९२४ पल्सर, आरटीआर अपाची को १३ प ८२७५, होण्डा कम्पनीको साईन बीआर ३८ डी ४५०४ नम्बरको बाइक, बजार कम्पनीकै १५० सिसीको प्र–१–०२–०४४ प २५७ नम्बर भएको, सुपर स्पीलेण्डर को ८ प ६७५ नम्बरको र बीआर ३८ जेड ८९७२ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्