मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका देवराज चौधरी निर्वाचित

मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका देवराज चौधरी निर्वाचित

विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी ८८३ मतले विजयी भएका छन् ।

मङ्गलबार सार्वजनिक मत परिणाम अनुसार चौधरी ६ हजार ५६५ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी गाउँपालिका अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सुभाष कुमार सरदारले ५ हजार ६८२ र नेकपा (माओवादी केन्द्र) का किशोर कुमार पाण्डेले ३ हजार ५३७ मत ल्याए ।

यस्तै, प्राप्त नतिजा अनुसार गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) की सिता देवी राजवंशी १४३ मत सहित विजयी भएकी छन् । राजवंशीले ५ हजार ८४८ मत ल्याउँदा उनको निकटतम नेपाली काँग्रेसकी मन्जिता कुमारी सरदारले ५ हजार ७०५ मत ल्याएकी छन् ।

यो सँगै १७ स्थानीय तह रहेको मोरङमा भने ३ पालिकाको मतगणना सम्पन्न भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्