लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

विराटनगर । लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन् ।

लावतीले १० हजार २ सय २७ मत प्राप्त गर्दा ढकालले ८ हजार १ सय ५ मत ल्याए । उक्त नगरपापलिकामा २०७४ को निर्वाचनमा काँग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो ।

नगरपालिकाको उपमेयरमा दोश्रो कार्यकालका लागि कृष्णकुमारी निरौला निर्वाचित भएकी छन् । निरौलाले ९हजार ४ सय ६० मत प्राप्त गरि माओवादी केन्द्रका कृष्णप्रसाद लम्साललाई पराजित गरेका हुन् । लम्सालले ४ हजार ९ सय ५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्