इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी

इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी

विराटनगर । इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेस विजयी भएको हो । कांग्रेसका उम्मेदवार केदार थापाले एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित भएका छन् । थापाले १३ हजार १ सय ६५ मत पाउँदा चेम्जुङले १० हजार ५ सय ८७ मत ल्याएका छन् । उपप्रमुखमा पनि कांग्रेसले नै विजय हासिल गरेको छ । कांग्रेसकी उम्मेदवार विष्णु दाहाल लिम्बुले एमालेकी सिता रिजाललाई उपप्रमुखमा पराजित गरेकी हुन् । दाहालको १३ हजार ५ सय ४२ मत आउँदा एमालेकी रिजालको १० हजार ८८ मत प्राप्त गरिन् ।

इलाम नगरपालिकामा २०४९ सालमा कांग्रेसका केशव थापाले प्रमुख जितेयता कांग्रेस नगरको नेतृत्वमा पुग्न सकेको थिएन । २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवै जित्न सफल भएको थियो । त्यसबेला एमालेका महेश बस्नेत मेयर र कृष्ण श्रेष्ठ उपमेयरमा विजयी भएका थिए । १८ वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन भए ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेका महेश बस्नेत र उपप्रमुखमा शुसिला नेम्वाङ विजयी भएका थिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले दुवै पदमा विजयी हासिल गरेको हो । १२ वटा वडा रहेको इलाम नगरपालिकामा कांग्रेसले नौ वटा वडाको वडाध्यक्ष जितेको छ । भने एमालेले तीनवटा वडाको वडाध्यक्ष जितेको छ । एमालेले २, ३ र ११ नम्बरको वडाध्यक्ष तिजेको छ भने बाँकी सम्पुर्ण वडाध्यक्ष कांग्रेसले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्