सुनसरीको भोक्राहा-नरसिंहको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

सुनसरीको भोक्राहा-नरसिंहको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

विराटनगर । सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिता उराँव विजयी भएका हुन् ।

अध्यक्ष पदमा कांग्रेसका अजमल अख्तर आजाद ४६०६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका महेन्द्र प्रसाद यादवले ३ हजार १ सय ७१ मत ल्याएका छन् । उनले १ हजार ३ सय ३५ मतान्तरले विजयी भएका हुन् ।

त्यसैगरी उपाध्यक्ष पनि कांग्रेसले जितेकाे भाेक्राहामा कांग्रेसकी उम्मेदवार सुनिता उराँवले ३ हजार ९ सय ७४ मत ल्याएर विजयी हुनु भएकाे हाे । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीकी पुनम कुमारी मेहताले २ हजार ६ सय १८ मत प्राप्त गरिन् । कांग्रेसकी उराँवले १ हजार ३ सय ५६ मतान्तरले जसपाकी मेहतालाई पराजित गरेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्