भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्वारा पार्टी परित्याग

भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्वारा पार्टी परित्याग

भारतीय राष्ट्रिय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गर्नुभएको छ । पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आउनुभएका पटेलले बुधबार पार्टीको जिम्मेबारीबाट राजीनामा दिनुभएको हो ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्न भएको छ, “मैले आज पार्टीको गुजरात प्रदेश कार्यसमितिको अध्यक्ष र साधारण सदस्यबाट राजीनामा दिएको छु ।” उहाँले आफ्नो निर्णयबाट आफ्ना सबै सहकर्मी, समकक्षी, शुभेच्छुक र गुजरातका जनता खुशी हुने र स्वागत गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

उहाँको निर्णयबाट पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले पार्टी र पद परित्याग गर्ने निर्णय फिर्ता लिएर पार्टीमै रहन पटेललाई आग्रह गर्नुभएको छ । उहाँले पार्टीका इन्चार्ज र अरु नेताहरुलाई पनि पटेलसँग छलफल गरेर उहाँका असन्तुष्टि सम्बोधन गर्न र विमती न्यूनीकरण गरी विवाद अन्त्य गर्न पनि निर्देशन दिनुभएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्