अनर्गल प्रचार गर्नेलाई कारवाहीको माग

अनर्गल प्रचार गर्नेलाई कारवाहीको माग

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) बाट विराटनगर ६ को वडाअध्यक्षमा उम्मेदवारी दिएका मोहमद इशार्द अन्सारीले आफुहरूका विरुद्ध अनर्गल प्रचार गर्नेलाई कारवाहीको माग राखेका छन् ।

स्थानिय तहको चुनावको अघिल्लो रात केही समूहले आफुसहित वडा सदस्यहरूको विरुद्ध अनर्गल प्रचार प्रसार गर्दै हिड्नेलाई कारवाहीको माग राखेका हुन् । अन्सारीसहितका उम्मेदवारहरुले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरि जसपाका उम्मेदवारहरू विरुद्ध अनर्गल प्रचार प्रसार गरि हराउन भूमिका खेल्ने षडयन्त्रकारीहरूको पहिचान गरि कडाभन्दा कडा कारावहीको माग राखेका छन् ।

स्थानिय चुनावको निर्वाचनको अघिल्लो रात केही समूहले जसपाबाट विराटनगर-६ को वडाअध्यक्षमा उम्मेदवारी फिर्ता लिएको र प्रमुखमा स्वतन्त्रबाट उठेका उम्मेदवार उमेश यादव, उप्रमुखमा जसपका अरमेन्द्र यादव र वडाअध्यक्षमा माओवादीबाट उठेका विजयी कामतलाई मतदान गर्ने निणर्ाय गरेको भनि अनर्गल प्रचार गरिएको पत्र भेटिएको थियो । यसरी अनर्गल प्रचार गर्ने विरुद्ध प्रहरी प्रशानले छानविन गरि कडा भन्दा कडा कारवाहीको दायारमा ल्याउनुपर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्