मोरङमा गणना सकिएका सातमध्ये चार पालिकामा एमाले, काँग्रेसका तीन पालिका खोसियो

मोरङमा गणना सकिएका सातमध्ये चार पालिकामा एमाले, काँग्रेसका तीन पालिका खोसियो

विराटनगर । मोरङमा १७ स्थानीय तहमध्ये ७ वटाको मतपरिणाम सार्वजानिक भएको छ । जसमध्ये चार स्थानीय तहमा एमाले, एक स्थानीय तहमा काँग्रेस, काँग्रेस–एमाले र काँग्रेस–माओवादी एक–एक स्थानीयतहका प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् ।

देशभर कमजोर देखिएपनि यस पटक मोरङमा एमालेले आफ्नो पडकलाई झन् बलियो रुपमा प्रस्तुत गरेको छ । स्थानीय तह निर्वाचन २०७४ मा केराबारी, लेटाङ र सुनवर्षीमा काँग्रेसले जितेको पालिका सर्लक्कै यस पटक एमालेले फर्काएको छ । त्यस बाहेक उर्लाबारीमा समेत अहिलेसम्म अग्रता लिईरहेको छ ।

मतगणना सम्पन्न भएका मोरङको कानेपोखरी गाउँपालिका, केराबारी गाउँपालिका, सुनवर्षी नगरपालिका र लेटाङ नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । मोरङको जहदा गाउँपालिका प्रमुख र उपप्रमुख नेपाली काँग्रेसले जितेको छ । कटहरी गाउँपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उमेदवार विजयी भएका छन् भने मिक्लाजुङ गाउँपालिकामा प्रमुख काँग्रस र उपप्रमुखमा माओवादी केन्द्रका उमेदवार निर्वाचित भएका छन् ।

कानेपोखरीमा एमालेबाट उमेदवार राजमती इङ्नाम र भोलाअधिकारी, केराबारीमा गाउँपालिकामा सुमन मिरिङचिङ र मनमाया मगर, लेटाङ नगरपालिकामा भुपेन्द्रकुमार लावती र कृष्णकुमारी निरौला, सुनवर्षी नगरपालिकामा श्यामप्रसाद राजबंशी र उपमेयरमा मिरादेवी दास निर्वाचित हुनुभएको हो ।
यसैगरी जहदा गाउँपालिकामा काँग्रेसका जितेन्द्र प्रसाद साह अध्यक्ष र हन्ना सोरेन प्रमुख र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । कटहरी गाउँपालिकामा नेपाली काँग्रेसका देवराज चौधरी अध्यक्षमा र एमालेकी सीतादेवी राजबंशी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गठबन्धन गरिएको मिक्लाजुङ गाउँपालिकामा काँग्रेसका बबिकुमार राई अध्यक्ष र माओवादी केन्द्रका दिनेश पौडेल उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्