मोरङको जहदा–४ मा काँग्रेसको पूरै प्यानल नै विजयी

मोरङको जहदा–४ मा काँग्रेसको पूरै प्यानल नै विजयी

विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नं. ४ मा नेपाली काँग्रेसका शिवशंकर गामी नेतृत्वको प्यानल नै विजयी भएको छ ।

वडा नं. ४ को अध्यक्षमा काँग्रेसका गामी १०७५ मत सहित विजयी भएका हुन् । ७९ मतले वडाध्यक्ष जितेर गामी निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सान देव सरवरियाले ६३९ र स्वतन्त्र उम्मेदवार जवाहर लाल यादवले ५५६ मत ल्याए ।
उनीसँगै काँग्रेसका राजकपुर यादव र साविर मियाँ पनि वडा नं. ४ को वडा सदस्यमा निर्वाचित भएका छन् । यादवले ७३८ मत ल्याउँदा र साविरले ६३९ मत ल्याएका छन् । यस्तै, महिला सदस्यमा आनन्द देवी सरवरिया ६९४ र दलित महिला सदस्यमा सरिता देवी सरबरिया ७४३ मत सहित निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जहदा गाउँपालिकाको अध्यक्षमा पनि काँग्रेसकै जितेन्द्र प्रसाद साह २ हजार ४५३ मतले विजयी भएका छन् । साहले ६ हजार ५०१ मत ल्याउँँदा उनको निकटतम प्रतिस्पर्धी जसपाका कैलाश प्रसाद मण्डलले ४०४८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्