काटिदिएको टुप्पी बोकेर मोरङ प्रहरीमा

काटिदिएको टुप्पी बोकेर मोरङ प्रहरीमा

विराटनगर । विराटनगर १२ का ५२ वर्षीय मनोज शर्माले ४० वर्षदेखि आफ्नो टुप्पी पालेका थिए । कम्मरसम्म छोएको टुप्पी उनका लागि शान थियो । तर, गत बैशाख १३ गते शर्माको एक फिट लामो ‘टुप्पी’ कटहरी–४ का फिरोज मियाँले काटिदिए ।

अहिले शर्मा आफ्नो टुप्पी काटिदिनेलाई कारवाहीको माग राख्दै मोरङ प्रहरीमा उजुरी दिने अवस्थामा पुगेका छन् । कटहरी ४ मा शर्माले खेतीबाली लगाउँदै आएका थिए । त्यहाँ पानी तान्ने पम्प लगाइएको थियो । मियाँले चोर्दै गर्दा शर्माले पक्राउ गरेर प्रहरीमा चोरीको आरोपमा उजुरी दिए । प्रहरीमा हालेको उजुरी फिर्ता लिन दवाव दिन पुगेका मियाँसँग विवाद हुँदा टुपीमा तानेर कैँचीले जबरजस्ती काटि दिएका हुन् ।

शर्माको कटहरीस्थित पनि घर रहेको छ । घरमा बसेको बेला टुप्पीमा तानेर सडकमा ल्याई काटिदिएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले आफ्नो मानमर्दन हुने गरि टुप्पी काटिदिएको भन्दै शर्माले उजुरी दिएको बताउनुभयो । त्यस घटनालाई प्रहरीले सुक्ष्म रुपले अनुसन्धान गर्ने बताएको छ ।

पीडकले मोटर चोरेको रंगेहात भेटेर प्रहरीमा दिएको उजुरी फिर्ता लिनुपर्ने दवाव दिदैं दुव्र्यवहार गर्ने र व्यक्तिगत आस्थामाथि आँच आउने गरि गरिएको व्यवहार गरेको देखिएकोले प्रहरीले घटनाको अनुसन्धान गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्