विराटनगर। आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहिबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।
आज राति प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भने अन्य प्रदेशका पहाडी भूभागका पनि वर्षा हुने ठानिएको छ ।
भोलि प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।