धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

विराटनगर । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता बढाएका छन् ।

आज बिहान १० बजे सार्वजनिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत पुर्याउँदा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् ।

नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ६ हजार ८ सय ५८ मत प्राप्त गरेकी छिन् । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत प्राप्त गरेका छन् ।

हालसम्म धरान उपमहानगरपालिकामा २९,४६६ मतगणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्