झापाको मेचीनगरबाट अबैध सुन सहित १ जना पक्राउ

झापाको मेचीनगरबाट अबैध सुन सहित १ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार दिउँसो करिब १ बजेको समयमा भारतबाट नेपाल तर्फ आँउदै गरेका कैलाली घर भई दमक नगरपालिका-२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्राम ( हालको बजार मुल्य अनुसार २८,८७,१८२.६५) रुपैयाँ बराबरको सुन बरामद गरेको हो ।

सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्