खोटाङको हलेसी तुवाचुङमा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

खोटाङको हलेसी तुवाचुङमा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

विराटनगर । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका विमला राई र उपप्रमुखमा रमेश राउत विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का खडेन्द्रकुमार राईलाई ३ सय ५१ मतले तथा राउतले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अमेम्बर राईलाई २ सय ७३ मतले पछि पार्दै प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन् ।

विमलाले छ हजार ३ सय १७ मत ल्याएर विजयी हुँदा खडेन्द्रले पाँच हजार ९ सय ६६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सङ्गीता न्यौपाने (ढुङ्गेल)ले जानकारी दिनुभयो । उनका अनुसार उपप्रमुखमा राउतले पाँच हजार ९ सय ३४ मत ल्याएर विजयी हुँदा राईले पाँच हजार ६ सय ६१ मत प्राप्त ल्याएकी छन् ।

१० स्थानीय तह रहेको खोटाङमा विमला नगरप्रमुखमा विजयी हुने पहिलो महिला बनेकी छन् । अघिल्लो निर्वाचनमा कांग्रेसबाटै उपप्रमुखमा विजयी विमलाले यसवर्षको निर्वाचनमा पनि एमाले र माओवादी केन्द्रको अघोषित गठबन्धनलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्